FAQs Complain Problems

ताजा समाचार

सेती खोला हुँदै पुर्ब तर्फको दृश्य

Read More

हातेमालो चोक

Read More

संक्षिप्त परिचय

पैयुँ  गाउँपालिकामा यहाँहरुलाई हार्दिक स्वागत छ। 

नेपालको संविधान २०७२ मा उल्लेख भएअनुसार गरिएको राजनैतिक विभाजन अनुसार व्यवस्था गरिएका सातवटा प्रदेशहरु मध्ये गण्डकी प्रदेश अन्तर्गतको एउटा जिल्ला पर्वत हो । कालञ्जर हम्पाल पर्वत, डहरेको लेक, पैयुँ, पञ्चासे, सेतीवेणी, महाशिला, मोदीवेणी, विश्वकै ठूलो मानिएको शालग्राम, गुप्तेश्वर गुफा, अल्पेश्वर गुफा, सहस्रधारा, शालग्रामयुक्त कालीगण्डकी नदी, विभिन्न स्थानमा रहेका ऐतिहासिक तथा प्रसिद्ध प्राचीन कोटहरु जस्ता प्राकृतिक र धार्मिक स्थलहरु रहेको यो जिल्ला पर्या–पर्यटन, धार्मिक पर्यटन, कृषि तथा लघु उद्यम आदिको विकासका लागि बलियो सम्भावना बोकेको जिल्लाका रुपमा चिनिन्छ । यो जिल्ला पहाडी भौगोलिक बनावट भएको, प्राकृतिक, सांस्कृतिक तथा सामाजिक विविधताका दृष्टिले महत्वपूर्ण र सुन्दर जिल्ला हो (जि.वि.स. पर्वत, २०७०ः ४) ।
यस जिल्लामा रहेका विभिन्न स्थानीय तहहरु मध्ये पैयुँ गाउँपालिका एक हो । नेपाल सरकारको मिति २०७३ साल फागुन ३० गतेको निर्णयअनुसार जिल्लाका साविकमा कायम रहेका ४७ वटा गा.वि.स. र एउटा नगरपालिकालाई समायोजन गरी गठन भएका यस जिल्लाका सातवटा स्थानीय तहहरु (जलजला, मोदी, महाशिला, पैयुँ एवम् बिहादी गरी ५ वटा गाउँपालिका र कुश्मा तथा फलेवास सहित २ वटा नगरपालिका¬) मध्ये पैयुँ गाउँपालिका एक हो । साविकमा कायम रहेका बेउलीबास, टकलाक, त्रिवेणी, हुवास (दुईवटा वडा कायम), सरौंखोला र भोर्ले सहित छ वटा गा.वि.स. हरुलाई समावेश गरी सातवटा वडा रहेको पैयुँ गाउँपालिका गठन गरिएको छ । 
वर्तमान पर्वत जिल्लाको महाशिला गाउँपालिका–१ अन्तर्गत (साविकको होश्राङ्दी गा.वि.स.–१) मा पर्ने कालीगण्डकीको वाँया किनार पर्वतको दक्षिणी भेगमा उत्तरबाट दक्षिणतर्फ फैलिएको र गोल्र्याङको डाँडाको काखमा अवस्थित ऐतिहासिक तथा पुरातात्विक महङ्खव बोकेको पैयुँकोटका नामबाट यस गाउँपालिकाको नाम ‘पैयुँ’ रहन गएको देखिन्छ । यस कोटको नाम र मध्यकालमा पैयुँ राज्यका नामबाट शासित पर्वतको दक्षिणी पूर्वी क्षेत्रलाई अहिलेपनि पैयुँक्षेत्र भनेर चिनिन्छ । 

Pages

जन प्रतिनिधि

अध्यक्ष
9857649100/9841450460
उपाध्यक्ष
9857651100
प्रवक्ता
9856028814
paiyungapa7@gmail.com

सेवाहरु

सेवा प्रकारः- दर्ता तथा चलानी
सेवा समयः- प्रक्रिया पुगेको सोही दिनमा
जिम्मेवार अधिकारीः- अध्यक्ष/सचिब
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- रु.२००Ӏ-
आवश्यक कागजातहरुः-
  • व्यक्तिगत निवेदन
  • नाम फरक परेका कागजातहरुको सक्कल सहित २/२ प्रति प्रतिलिपी
  • नाम फरक परेको व्यक्तिको २ प्रति फोटो ।
सेवा प्रकारः- दर्ता तथा चलानी
सेवा समयः- प्रक्रिया पुगेको सोही दिनमा
जिम्मेवार अधिकारीः- अध्यक्ष/सचिब
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- रु.२००Ӏ-
आवश्यक कागजातहरुः-
  • व्यक्तिगत निवेदन
  • आवश्यक खण्डमा मुत्यु दर्ताको प्रमाण पत्र
  • वडा मुचुल्का, लालपुर्जा
  • मालपोत असुली रसिद
  • नागरिकता प्रमाण पत्र तथा माग अनुसारका अन्य पुष्टयाई कागजातहरु ।
सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- प्रक्रिया पुगेको सोही दिनमा
जिम्मेवार अधिकारीः- अध्यक्ष/सचिब
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- नि:शुल्क
आवश्यक कागजातहरुः-
  • व्यक्तिगत निवेदन
  • तोकिएको लक्षित वर्गको आफ्नो नागरिकता प्रमाण पत्र
  • पतिको मृत्यु दर्ताको प्रमाण पत्र
  • वालवालिकाको हकमा जन्म दर्ताको प्रमाण पत्रको २/२ प्रति प्रतिलिपी तथा २ प्रति फोटो ।
सेवा प्रकारः- दर्ता तथा चलानी
सेवा समयः- प्रक्रिया पुगेको सोही दिनमा
जिम्मेवार अधिकारीः- अध्यक्ष/सचिब
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- रु.१००Ӏ-
आवश्यक कागजातहरुः-
  • व्यक्तिगत निवेदन
  • जो जसको विचमा नाता प्रमाणीत गर्ने हो निजहरुको नाता खुल्ने नागरिकता प्रमाण पत्र
  • प्रत्येकको २/२ प्रति फोटो ।
सेवा प्रकारः- दर्ता तथा चलानी
सेवा समयः- प्रक्रिया पुगेको सोही दिनमा
जिम्मेवार अधिकारीः- अध्यक्ष/सचिब
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- रु.१००
आवश्यक कागजातहरुः-
  • व्यक्तिगत निवेदन
  • अनुसुची १ फारम, बाबु र आमाको नागरिकता
  • जन्मदर्ता प्रमाण पत्र,
  • आवश्यक खण्डमा पति/पत्नीको नागरिकता र विवाह दर्ता प्रमाण पत्र
  •  बसाई सराईको हकमा बसाई सराई प्रमाण पत्र लगायत सबै प्रमाणपत्रहरुको सक्कल सहित २÷२ प्रति प्रतिलिपि
  •  ३ प्रति फोटो तथा आवश्यक परेमा अन्य पुष्टयाई कागजातहरु ।
सेवा प्रकारः-
सेवा समयः- प्रक्रिया पुगेमा सोही दिन
जिम्मेवार अधिकारीः- • न्यायिक समिति
सेवा दिने कार्यालयः- गाउँपालिकाको कार्यालय
सेवा शुल्कः- नि:शुल्क
आवश्यक कागजातहरुः-
  • आवश्यक निवेदन
  • नागरिकताको प्रतिलिपि
  • गाउँपालिकाको न्यायिक समितिको कार्यविधि बमोजिम पुर्‍याउनु पर्ने आवश्यक कागजातहरु
सेवा प्रकारः- व्यवसाय
सेवा समयः- सोही दिन/सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- • प्रशासन शाखा • सम्बन्धित फाँटका कर्मचारी • प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालयः- गाउँपालिकाको कार्यालय
सेवा शुल्कः- गाउँपालिकाको आर्थिक ऐन वमोजिम व्यवसाय अनुसार फरक फरक हुनेछ
आवश्यक कागजातहरुः-
  • निवेदन पत्र
  • नागरिकता प्रमाणपत्रको प्रमाणित प्रतिलिपी
  • स्थानीय तहबाट दर्ता भएको व्यवसाय दर्ता को प्रमाणपत्रको प्रमाणित प्रतिलिपी
  • बहाल सम्झौताको प्रतिलिपी
  • आफ्नै घर टहरा भए चालु आ.व. सम्मको भूमिकर तथा सम्पत्ति कर र घरजग्गा कर तिरेको रसीद
सेवा प्रकारः- व्यवसाय
सेवा समयः- सोही दिन/सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- • प्रशासन शाखा • सम्बन्धित फाँटका कर्मचारी • प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालयः- गाउँपालिकाको कार्यालय
सेवा शुल्कः- गाउँपालिकाको आर्थिक ऐन वमोजिम व्यवसाय अनुसार फरक फरक हुनेछ
आवश्यक कागजातहरुः-
  • निवेदन पत्र
  • नागरिकता प्रमाणिपत्रको प्रमाणित प्रतिलिपी
  • विदेशीका हकमा राहदानीको प्रमाणित प्रतिलिपि वा सम्बन्धित दुतावासको निजको परिचय खुल्ने सिफारिस
  • २ प्रति फोटो
  • घर बहाल सम्झौता
  • आफनै घर टहरा भए चालु आ.व. सम्मको भूमिकर तथा सम्पत्ति कर  र घरजग्गा कर तिरेको रसीद स्थानीय तहको नाममा दर्ता नगरी प्यान वा अन्य निकायमा दर्ता गरी व्यवसाय दर्ता गरेको हकमा प्यान दर्ता वा अन्य निकायबाट जारी गरेको व्यवसाय प्रमाणपत्रको प्रमाणित प्रतिलिपि
  • सम्बन्धित वडाको सिफारिस

Pages