FAQs Complain Problems

संक्षिप्त परिचय

पैयूँ  गाउँपालिकाआधिकारीक वेबसाइटमा यहाँहरुलाई हार्दिक स्वागत छ। 

नेपालको संविधान २०७२ मा उल्लेख भएअनुसार गरिएको राजनैतिक विभाजन अनुसार व्यवस्था गरिएका सातवटा प्रदेशहरु मध्ये गण्डकी प्रदेश अन्तर्गतको एउटा जिल्ला पर्वत हो । कालञ्जर हम्पाल पर्वत, डहरेको लेक, पैयुँ, पञ्चासे, सेतीवेणी, महाशिला, मोदीवेणी, विश्वकै ठूलो मानिएको शालग्राम, गुप्तेश्वर गुफा, अल्पेश्वर गुफा, सहस्रधारा, शालग्रामयुक्त कालीगण्डकी नदी, विभिन्न स्थानमा रहेका ऐतिहासिक तथा प्रसिद्ध प्राचीन कोटहरु जस्ता प्राकृतिक र धार्मिक स्थलहरु रहेको यो जिल्ला पर्या–पर्यटन, धार्मिक पर्यटन, कृषि तथा लघु उद्यम आदिको विकासका लागि बलियो सम्भावना बोकेको जिल्लाका रुपमा चिनिन्छ । यो जिल्ला पहाडी भौगोलिक बनावट भएको, प्राकृतिक, सांस्कृतिक तथा सामाजिक विविधताका दृष्टिले महत्वपूर्ण र सुन्दर जिल्ला हो (जि.वि.स. पर्वत, २०७०ः ४) ।
यस जिल्लामा रहेका विभिन्न स्थानीय तहहरु मध्ये पैयुँ गाउँपालिका एक हो । नेपाल सरकारको मिति २०७३ साल फागुन ३० गतेको निर्णयअनुसार जिल्लाका साविकमा कायम रहेका ४७ वटा गा.वि.स. र एउटा नगरपालिकालाई समायोजन गरी गठन भएका यस जिल्लाका सातवटा स्थानीय तहहरु (जलजला, मोदी, महाशिला, पैयुँ एवम् बिहादी गरी ५ वटा गाउँपालिका र कुश्मा तथा फलेवास सहित २ वटा नगरपालिका¬) मध्ये पैयुँ गाउँपालिका एक हो । साविकमा कायम रहेका बेउलीबास, टकलाक, त्रिवेणी, हुवास (दुईवटा वडा कायम), सरौंखोला र भोर्ले सहित छ वटा गा.वि.स. हरुलाई समावेश गरी सातवटा वडा रहेको पैयुँ गाउँपालिका गठन गरिएको छ । 
वर्तमान पर्वत जिल्लाको महाशिला गाउँपालिका–१ अन्तर्गत (साविकको होश्राङ्दी गा.वि.स.–१) मा पर्ने कालीगण्डकीको वाँया किनार पर्वतको दक्षिणी भेगमा उत्तरबाट दक्षिणतर्फ फैलिएको र गोल्र्याङको डाँडाको काखमा अवस्थित ऐतिहासिक तथा पुरातात्विक महङ्खव बोकेको पैयुँकोटका नामबाट यस गाउँपालिकाको नाम ‘पैयुँ’ रहन गएको देखिन्छ । यस कोटको नाम र मध्यकालमा पैयुँ राज्यका नामबाट शासित पर्वतको दक्षिणी पूर्वी क्षेत्रलाई अहिलेपनि पैयुँक्षेत्र भनेर चिनिन्छ । चौबीसी राज्य अन्तर्गत पैयुँ राज्यको सबैजसो भाग अहिले पर्वत जिल्लामा समावेश गरिएको छ । पैयुँकोट कसरी नाम रहन गयो भन्ने बारेमा विभिन्न प्रकारका जनश्रुतिहरु रहेको पाइन्छ । पैयुँ भन्ने रुखको बाक्लो घारी वा जङ्गल भएको स्थानमा कोटघर निर्माण गरिएकोले यस ठाउँलाई पैयुँकोट भनिएको हो भन्ने जनश्रुति यहाँ रहेको छ  । हाल पैयुँकोट रहेको ठूलो चौरमा घोडालाई पैयाँ कुदाएर तालिम गर्नसक्ने फराकिलो ठाउँमा कोट दरबार भएकोले यसलाई पैयुँकोट भन्न थालिएको हो भन्ने भनाई पनि प्रचलित छ । 
मध्यकालमा अस्तित्वमा रहेका बाइसी चौबीसी राज्यअन्तर्गतको एक प्रमुख राज्य पैयुँ थियो । मध्यकालको पैयुँ राज्य हालको पर्वत जिल्लाकै महङ्खवपूर्ण क्षेत्रका रुपमा रहेको छ । पैयुँ राज्य १६ औं शताब्दीदेखि १९ औं शताब्दी (वि.सं. १५०२ – १८४२) सम्म अस्तित्वमा रहेको थियो । पैयुँ राज्यका प्रथम राजा रामसिंह सेन थिए भने अन्तिम राजा नायब अकवरसिंह सेन थिए । तत्कालीन समयमा पूर्वमा भिरकोट, पश्चिममा कालीगण्डकी र पाल्पा राज्य, उत्तरमा पर्वत राज्य र दक्षिणमा पाल्पा, गुल्मी, खाँची र अर्घा राज्यको चौकिल्लाभित्र पैयुँ राज्य रहेको थियो । लिच्छवी शासनको पतनपश्चात् मगरात प्रदेशमा मगरहरुको बाहुल्य भएका कारण पैयुँ राज्य मगरहरुको बलढेङ्गी राज्यअन्तर्गत समाहित भएको थियो । पाल्पाली राजा मुकुन्द सेन प्रथमले गुल्मी, अर्घा र खाँचीको मद्दतले मगरहरुको बलढेङ्गी राज्यलाई परास्त गरेपछि पैयुँ क्षेत्रमा आले, राना, चितौरे र थापा मगरहरुको संयुक्त मुख्यौली शासन चलेको थियो । यिनीहरुको मुख्यौली शासन, परस्परको विरोधका कारण र वरिपरिका राज्यहरुमा राजपूत वंशका राजाहरुको शासनको शुरुवात भइसकेकोले त्यसको प्रभावका कारण हुन सक्दछ, यी चार थरी मगरहरुले पैयुँ राज्यमा राजपुत वंशका राजा थाप्ने र  उनैको हुकुम शिरोधार्य गर्ने सल्लाह गरेअनुरुप गञ्जु आले, पिउर राना, शेरु चितौरे र बदल थापाले वनारसको घाँसपानीस्थित राजपूतहरुको गाउँ बाँसी भन्ने ठाउँमा पुगी त्यहाँबाट राजपूत नाइकेका छोरा रामसिंह सेन र उनकी गर्भिणी श्रीमतीलाई समेत बोकेर ल्याइ वि. स. १५०२ मा बडादसैंको अष्टमीका दिन रामसिंह सेनलाई पैयुँ राज्यको राजपूत सेनवंशका प्रथम राजा बनाइएको पाइन्छ । राजा रामसिंहले रैतीको भारा नलागोस भनेर उपहार ल्याइदिनेहरुलाई जमिन उपलब्ध गराई कर माफी गरीदिएका थिए भने आफूलाई वनारसबाट बोकील्याई राजा बनाउने चारवटा मगरलाई चारकाजी बनाई चारवटा क्षेत्रको क्षेत्रपाल बनाएका थिए । यी चार क्षेत्रका क्षेत्रपालले पैयुँ राज्यलाई मानेकोले यस क्षेत्रलाई चारपाला पैयुँ भनेर पनि चिनिन्छ । यही ऐतिहासिक तथा पौराणिक महङ्खव बोकेको चर्चित स्थान पैयुँकोट र चौबीसी राज्य अन्तर्गतको प्रमुख राज्य पैयुँराज्यका नामबाट नै यस गाउँपालिकाको नाम पैयुँ राखिएको हो ।
पैयुँ गाउँपालिका २८० ००’ १९” देखि २८० ०८’ ०८” उत्तरी अक्षांश र ८३० ३८’ १३” देखि ८३० ४२’ ४९” पूर्वी देशान्तरसम्म यो जिल्ला अवस्थित छ । यस गाउँपालिकाको पूर्वी सिमानामा स्याङ्जा जिल्लाको भू–भाग, पश्चिममा विहादी र महाशिला गाउँपालिका, उत्तरी भागमा महाशिला गाउँपालिका र दक्षिणमा स्याङ्जा जिल्लाको भू–भाग पर्दछ । यस गाउँपालिकाको कुल क्षेत्रफल ४२.५ वर्ग किलोमीटर रहेको छ भने समुद्र सतहबाट ५६० मिटर उचाईदेखि १८२० मिटरसम्मको उचाईमा यो गाउँपालिका फैलिएर रहेको छ । २०७८ सालको जनगणनाअनुसार जनसङ्ख्याको दृष्टिले जिल्लाका सातवटा स्थानीय तहमा पाँचौ र गाउँपालिकाहरु मध्येमा तेस्रो स्थानमा यो गाउँपालिका पर्दछ (जि.स.स., पर्वत, २०७४) । गाउँपालिकामा रहेका ३,२६८ घरधुरीमा कुल जनसङ्ख्या १२,७२५ बराबर रहेको छ । जसमा महिला ५३.४% र पुरुषको सङ्ख्या 
(४६.६ % रहेको छ । जिल्ला निर्वाचन कार्यालय पर्वतका अनुसार वि. स.ं २०७४ मा सम्पन्न आम निर्वाचनमा यस गाउँपालिकामा कुल मतदाता १०३७५ बराबर रहेका छन् ।

यस गाउँपालिकाको नवगठित संरचनाअनुसार वडा सङ्ख्या, क्षेत्रफल एवम वडागत रुपमा जनसङ्ख्याको विवरणलाई निम्न तालिकामा प्रस्तुत गरिएको छः–
                                                गाउँपालिकाको वर्तमानमा कायम भएका वडाहरुको जनसङ्ख्या विवरण
   

                                  स्रोतः २०७८ सालको जनगणना
माथिको तालिकालाई अध्ययन गर्दा यस गाउँपालिकाको कुल क्षेत्रफल ४२.५ वर्ग कि.मि. बराबर रहेको देखिन्छ । क्षेत्रफलका दृष्टिले सबैभन्दा ठूलो वडा नं. २ (साविक त्रिवेणी गा.वि.स.) रहेको छ भने सानो वडा नं. ४ रहेको छ । क्षेत्रफलका हिसाबले सानो वडा भए तापनि सघन वस्ती भएका कारण यस वडामा जनसङ्ख्या तथा घरपरिवार सङ्ख्या सबैभन्दा बढी रहेको देखिन्छ । सबैभन्दा कम जनसङ्ख्या वडा नं. १ टकलाकमा रहेको देखिन्छ ।
ढुङ्गा, गिटी, बालुवा, वन पैदावर, सडकमार्ग आदिबाट प्राप्त आयको अतिरिक्त व्यतिmगत कर, मालपोत कर, सम्पत्ति कर तथा संविधानले व्यवस्था गरे अनुरुपका स्रोतबाट प्राप्त हुने आयकर एवम् केन्द्रीय र प्रादेशिक सरकारबाट प्राप्त हुने अनुदान नै आगामी दिनमा गाउँपालिकाका आम्दानीका प्रमुख स्रोतहरु हुन् । गाउँपालिकाले स्पष्ट योजना, नीति तथा कार्यक्रम निर्माण गरी स्थानीय स्रोतहरुको अधिकतम् परिचालन गर्दै आन्तरिक आय आर्जन वृद्धितर्फ लाग्नुपर्ने हुन्छ । गाउँपालिकाको समग्र विकासका लागि आन्तरिक स्रोतको परिचालनबाट प्राप्त हुने राजश्वको ठूलो भूमिका रहेको हुन्छ । यस गाउँपालिका पनि प्राकृतिक साधन तथा स्रोतका दृष्टिले धनी रहेको छ । पैयुँखोला तटीय क्षेत्रका ढुङ्गा, गिटी, बालुवा तथा ग्रामिण सडकहरुबाट पटके करका रुपमा प्राप्त हुने राजश्व जिल्ला समन्वय समिति पर्वतमार्फत संकलन हुँदै आएको छ । यो राजश्व सङ्घीय, प्रादेशिक र स्थानीय सरकार वा तहमा भागबण्डा लाग्ने संवैधानिक व्यवस्था भएबाट यसको निश्चित अंश गाउँपालिका कोषमा पनि प्राप्त हुने देखिन्छ । प्राकृतिक स्रोतबाट प्राप्त हुने राजश्वलाई संविधानले तीन भाग लाग्ने व्यवस्था गरेको भए तापनि यस बारेमा अझैसम्म प्रष्ट मोडालिटी अहिलेसम्म निर्माण नभएकोले यस आर्थिक वर्षका लागि जिल्ला समन्वय समिति पर्वतबाट उठाइएको राजश्व गाउँपालिकामा कति भाग जाने हो त्यसको एकिन हुन सकिरहेको छैन । संविधानले प्रदान गरेको अधिकारको प्रयोग गरी आन्तरिक स्रोत परिचालनबाट गाउँपालिकाले आय आर्जन अर्थात राजश्व संकलनका लागि निकै ठूलो प्रयत्न गर्नुपर्ने देखिन्छ ।
 नेपाल सरकारले स्थानीय तहको पुनर्संरचना गर्दाका बखत गाउँपालिकाको केन्द्र साविक हुवास गा.वि.स.को कार्यालयमा तोके बमोजिम सोही स्थानबाट गाउँपालिकाको प्रशासनिक कार्य सञ्चालन भईरहेको 
छ । प्राकृतिक तथा भौगोलिक सुन्दरताले विभुषित यस पैयुँ गाउँपालिका मल्लकालमा पैयुँ राज्य अन्तर्गतको एक भू–भाग थियो । तत्कालीन पैयुँराज्यको शीतकालीन राजधानी रहेको फूलबारी दरबार रहेको स्थान, नायब साहेबको मन्दिर, छतिवनको रुख, नेकर्गा, चिन्नेखर्क जस्ता प्रसिद्ध ऐतिहासिक, धार्मिक तथा प्राकृतिक सम्पदाहरुले यो क्षेत्र धनी रहेको हुँदा पर्यटकीय तथा आर्थिक विकासको प्रवल सम्भावना बोकेको गाउँपालिकाका रुपमा यो रहेको छ । नेपालको एकिकरणपश्चात् यो क्षेत्र स्याङजाको नुवाकोट गौंडा अन्तर्गत रहेको थियो । वि. सं. २०१८ सालमा राजा महेन्द्रद्वारा जिल्ला विभाजन हुँदा यो क्षेत्र वर्तमान पर्वत जिल्लामा समावेश गरिएको थियो ।
लामो समयसम्मको योजनाबद्ध आर्थिक विकासको परिणामस्वरुप पनि नेपालका स्थानीय निकायहरु आर्थिक रुपले समृद्धिको उच्च तहमा पुग्न सकेको पाइएन । केन्द्रीकृत राज्य व्यवस्थाका कारण स्थानीय तहका साधन तथा स्रोतहरुमाथि केन्द्रको नै बढी अधिकार रहने र केन्द्रीय सरकारको विनियोजित बजेटमार्फत स्थानीय निकायहरु सञ्चालन भइरहँदा जन अपेक्षित रुपमा गाउँमा विकासका आयामहरु समुन्नत अवस्थामा पुग्न सकेनन् । वर्तमान नेपालको संविधान २०७२ ले स्थानीय तहहरुलाई विभिन्न आर्थिक तथा राजनैतिक अधिकारहरु प्रदान गरेको छ । स्थानीय तहहरु अधिकार सम्पन्न हुने भएका छन् । पैयुँखोला किनारको आसपासमा रहेका सम्म परेका बेंसीफाँटदेखि लिएर उच्च लेकसम्म फैलिएको भू–भाग भएकोले बालुवा गिटीदेखि लिएर विभिन्न प्रकारका वन पैदावरहरुको प्राचुर्यता यहाँ रहेको छ । यीनै प्राकृतिक साधन तथा स्रोतको उपयोग र यहाँका पर्यटकीय तथा धार्मिक सम्पदास्थलहरुको माध्यमबाट गाउँपालिकाको आर्थिक तथा सामाजिक विकासमा ठूलो योगदान पुग्ने देखिन्छ ।

आर्थिक वर्ष: