ताजा समाचार
महिला सहकारी संस्थाहरुका लागि अध्ययन अवलोकन भ्रमण कार्यक्रम-२०७८
पैयूँ गाउँपालिकाको आ.व.०७८/७९ को स्वीकृत बार्षिक कार्यक्रम अन्तर्गत
महिला सहकारी संस्थाहरुका लागि अध्ययन अवलोकन भ्रमण कार्यक्रम सम्पन्न भएको छ ।
(मिति २०७८/ १२/२४ देखि१२/२८ गते सम्म)
गाउँपालिकाका उपाध्यक्ष श्री जसमती गुरुङ ज्यू र नि. प्रमुख प्रशासकीय अधिकृत श्री सरोज पराजुली ज्यूबाट भ्रमण टोलीलाई व्यानर हस्तान्तरण गरी अध्ययन अवलोकन भ्रमणको शुभारम्भ भएको।
गाउँपालकाका अध्यक्ष श्री खगेन्द्र प्रसाद तिवारी, उपाध्यक्ष श्री जसमती गुरुङ र प्रमुख प्रशासकीय अधिकृत श्री केशव लामिछाने ज्यूको समुपस्थितिमा अध्ययन अवलोकन भ्रमण सम्पन्न गरी टोलीको तर्फबाट त्रिवेणी महिला वचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक श्री दुर्गा शर्मा सुवेदीबाट प्रतिवेदन प्रस्तुत ।
अध्ययन अवलोकन भ्रमणमा हासिल गरेको ज्ञान र सिपलाई आ-आफ्नो सहकारी संस्थाहरुमा अपनाई भ्रमण फलदाई वनाउन गाउँपालकाका अध्यक्ष श्री खगेन्द्र प्रसाद तिवारी ज्यूबाट सुझव दिनुहुदै भ्रमणको समान ।
अध्ययन अवलोकन भ्रमणका सहभागीहरु- अन्नपूर्ण महिला वचत तथा ऋण सहकारी संस्था वडा नं.१ बाट व्यवस्थापक लक्ष्मी न्यौपाने र सदस्य राधिका न्यौपाने, त्रिवेणी महिला वचत तथा ऋण सहकारी संस्था वडा नं.२ बाट व्यवस्थापक दुर्गा शर्मा सुवेदी र कोषाध्यक्ष कुन्तादेवी वस्याल, सृजनशिल महिला वचत तथा ऋण सहकारी संस्था वडा नं.३ बाट व्यवस्थापक विनिता राना र कोषाध्यक्ष संगिता सुनार, हिमालय महिला वचत तथा ऋण सहकारी संस्था वडा नं.6 बाट अध्यक्ष ताराकुमारी राना र व्यवस्थापन अमृता राना र भोर्लेशिला महिला कृषि सहकारी संस्था वडा नं.७ बाट उपाध्यक्ष डिलकुमारी मल्ल सेन, कोषाध्यक्ष बालकुमारी सापकोटा र सदस्य सृजना के.सि.हमाल। अफिसियल- कार्यपालिका सदस्य सुनिता वि.क. सुनार, सहकारी शाखा प्रमुख युवराज सुवेदी, महिला तथा वालवालिका शाखा प्रमुख मञ्जु शर्मा, सुवास पौडेल र शुसिला गौडेल गरी जम्मा १६ जना ।
"अध्ययन अवलोकन भ्रमणको क्रममा अनुभव आदान प्रदान तथा अन्तरक्रियामा अमुल्य समय दिई ज्ञान, सिप, सल्लाह, सुझाव र सहकारी संस्था सञ्चालनमा उत्साह दिनुहुने श्री तितेपाती महिला वचत तथा ऋण सहकारी संस्था लि. वुटवल, रुपन्देही र श्री लगनशिल सामाजिक उद्यमी महिला सहकारी संस्था लि. कालिका न.पा. चितवन प्रति आर्दिक आभार तथा कृतज्ञता ब्यक्त गर्दछौं"