पैयूँ गाउँपालिकाको आधिकारीक वेबसाइटमा यहाँहरुलाई हार्दिक स्वागत छ।
नेपालको संविधान २०७२ मा उल्लेख भएअनुसार गरिएको राजनैतिक विभाजन अनुसार व्यवस्था गरिएका सातवटा प्रदेशहरु मध्ये गण्डकी प्रदेश अन्तर्गतको एउटा जिल्ला पर्वत हो । कालञ्जर हम्पाल पर्वत, डहरेको लेक, पैयुँ, पञ्चासे, सेतीवेणी, महाशिला, मोदीवेणी, विश्वकै ठूलो मानिएको शालग्राम, गुप्तेश्वर गुफा, अल्पेश्वर गुफा, सहस्रधारा, शालग्रामयुक्त कालीगण्डकी नदी, विभिन्न स्थानमा रहेका ऐतिहासिक तथा प्रसिद्ध प्राचीन कोटहरु जस्ता प्राकृतिक र धार्मिक स्थलहरु रहेको यो जिल्ला पर्या–पर्यटन, धार्मिक पर्यटन, कृषि तथा लघु उद्यम आदिको विकासका लागि बलियो सम्भावना बोकेको जिल्लाका रुपमा चिनिन्छ । यो जिल्ला पहाडी भौगोलिक बनावट भएको, प्राकृतिक, सांस्कृतिक तथा सामाजिक विविधताका दृष्टिले महत्वपूर्ण र सुन्दर जिल्ला हो (जि.वि.स. पर्वत, २०७०ः ४) ।
यस जिल्लामा रहेका विभिन्न स्थानीय तहहरु मध्ये पैयुँ गाउँपालिका एक हो । नेपाल सरकारको मिति २०७३ साल फागुन ३० गतेको निर्णयअनुसार जिल्लाका साविकमा कायम रहेका ४७ वटा गा.वि.स. र एउटा नगरपालिकालाई समायोजन गरी गठन भएका यस जिल्लाका सातवटा स्थानीय तहहरु (जलजला, मोदी, महाशिला, पैयुँ एवम् बिहादी गरी ५ वटा गाउँपालिका र कुश्मा तथा फलेवास सहित २ वटा नगरपालिका¬) मध्ये पैयुँ गाउँपालिका एक हो । साविकमा कायम रहेका बेउलीबास, टकलाक, त्रिवेणी, हुवास (दुईवटा वडा कायम), सरौंखोला र भोर्ले सहित छ वटा गा.वि.स. हरुलाई समावेश गरी सातवटा वडा रहेको पैयुँ गाउँपालिका गठन गरिएको छ ।
वर्तमान पर्वत जिल्लाको महाशिला गाउँपालिका–१ अन्तर्गत (साविकको होश्राङ्दी गा.वि.स.–१) मा पर्ने कालीगण्डकीको वाँया किनार पर्वतको दक्षिणी भेगमा उत्तरबाट दक्षिणतर्फ फैलिएको र गोल्र्याङको डाँडाको काखमा अवस्थित ऐतिहासिक तथा पुरातात्विक महङ्खव बोकेको पैयुँकोटका नामबाट यस गाउँपालिकाको नाम ‘पैयुँ’ रहन गएको देखिन्छ । यस कोटको नाम र मध्यकालमा पैयुँ राज्यका नामबाट शासित पर्वतको दक्षिणी पूर्वी क्षेत्रलाई अहिलेपनि पैयुँक्षेत्र भनेर चिनिन्छ ।
निर्माणाधिन प्रशासकिय भवनको अनुगमनका क्रमका केही तस्बिरहरु
Huwas Bazar "हुवास बजार"Paiyu Gaupalika Chinari Song By Bimalraj Chhetri/Tika Kumari Chhetri
नव निर्वाचित कार्यपालिका सदस्य ज्यूहरुलाई स्वागत कार्यक्रमका केही झलकहरु
उपाध्यक्ष श्री याम कुमारी राना ज्यूले आफ्नो पदवाहली सँगै यसै वडा नं ४, हुवास निवासी स्व. श्याम प्रसाद श्रेष्ठका असाहाय छोरा छोरीको व्यक्तिगत रुपमा खर्च भुक्तानी दिने गरी स्वास्थ्य बिमा गराईदिनु भएको छ।